६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसीसी प्रिमियर कप : नेपाल एक खेल अगावै सेमिफाइनलमा 

अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपाल समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । 

प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले सोमबार साउदी अरेबियाबीचको खेल वर्षाका कारण टससमेत नभई रद्द भएपछि नेपाल पाँच अङ्कसहित अन्तिम खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूहको शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट पाँच अङ्क जोडेको छ । त्यो दोस्रो स्थानको ओमानभन्दा एक अङ्क धेरै र तेस्रो स्थानको साउदीभन्दा दुई अङ्क धेरै हो । तालिकाको चौथो स्थानमा रहेको मलेसियाले तीन खेलबाट दुई अङ्क जोड्दा दुई खेल खेलेको कतार अङ्कविहीन छ । 

नेपालले अब समूह चरणको अन्तिम खेलमा कतारसँग खेल्नेछ । उक्त खेलमा जित निकाले नेपाल समूह विजेताका रूपमा सेमिफाइनल खेल्नेछ । 

यसबाहेक, समूह ‘ए’मा अब मलेसियाविरुद्ध कतार र ओमानविरुद्ध साउदी अरेबियाबीचको खेल बाँकी छ । जसमध्ये ओमान र साउदीबीचको विजेता नेपालसँगै सेमिफाइनल प्रवेश गर्ने समूह ‘ए’ को अर्को टिम बन्नेछ । यता, मलेसिया प्रतियोगिताको अन्तिम खेल खेल्नु अगावै र कतार दुई खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस