१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुडानबाट सम्पर्कमा आएका १९ नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय 

अ+ अ-

काठमाडौँ। परराष्ट्र मन्त्रालयले सुडानमा १९ जना नेपाली सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको बताएको छ । पछिल्लो समय सुडानमा सैनिक सरकार र अर्धसैनिक बलबीचको भिडन्तका कारण सुरक्षा अवस्था जटिल भएको छ ।

असुरक्षाका कारण धेरै देशले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । नेपालीहरू भने १९ जनाको सूची तयार भएको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

तीबाहेक तीनजना नेपाली शान्ति सैनिकहरू २३ अप्रिलमा अफ्रिकी मुलुक चाडतर्फ गएको र खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सातजना नेपालीले पनि २३ अप्रिलमै खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ । उनीहरू त्यहाँबाट हवाई सेवा मार्फत युगाण्डा जाने तयारी रहेको जानकारी आएको मन्त्रालयको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले सुडानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले उच्च सतर्कता र सबै पक्षसँग समन्वय गरिरहेको बताएको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासमार्फत सुडानमा रहेका नेपाली, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत पदाधिकारी, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत र सुडानी निकायसँग निरन्तर सम्पर्कमा रहेर विवरण अद्यावधिक भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सुडानमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र आपतकालीन अवस्थामा कायरोस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस