१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

अ+ अ-

काठमाडौँ । नेपाल-संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौँ बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको छ।

बैठकमा दुवै पक्षले नेपाल(बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। दुवै प्रतिनिधि मण्डलले दुई शताब्दी पुरानो मित्रता र सहयोगबारे विचार आदानप्रदान गर्नुका साथै विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संशोधन विकास, कन्सुलरलगायत द्विपक्षीय सम्बन्धका प्रमुख पक्षमा भएका प्रगतिको समीक्षा गरेका थिए।

जनस्तरको सम्बन्ध, ब्रिटिस गोर्खाको मुद्दा, जलवायु परिवर्तन र दिगो विकासका साथै बहुपक्षीय मञ्चमा पारस्परिक हितका मुद्दामा मिलेर काम गर्ने विषयमासमेत बैठकमा छलफल भएको थियो। बैठकले भूतपूर्व गोर्खाका विषयमा भइरहेको वार्ताको समीक्षा गर्दै गुनासो सम्बोधनका लागि छलफल जारी राख्ने सहमति गरेको छ।

बेलायती पक्षले बेलायतको विकास सहयोग पोर्टफोलियोको बदलिँदो स्वरूपका बारेमा प्रकाश पार्दै नेपाललाई भविष्यमा हुने सहयोगका प्राथमिकताका क्षेत्र आदानप्रदान गरेको थियो। यसमा मध्यम आय भएको मुलुकलाई सङ्क्रमणकालीन अवस्थामा प्रदान गरिने सहयोग, दिगो विकास लक्ष्यतर्फ प्रगति, लगानी र जलवायु वित्त परिचालनमा सहयोग, शिक्षामा पहुँच, विशेष गरी बालिकाको शिक्षा विस्तारमा सहयोग समावेश छ।

नेपाली पक्षले सबैभन्दा ठूलो विकास साझेदारका रूपमा बेलायतले प्रदान गर्दै आएका बहुमूल्य विकास सहयोगको प्रशंसा गर्दै अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने महत्त्वपूर्ण समयमा त्यस्तो सहयोगको निरन्तरता र अभिवृद्धिको आवश्यकतामा जोड दिइएको थियो।

व्यापार, लगानी, ऊर्जा र पर्यटन जस्ता उत्पादनशील क्षेत्रमा सहयोग र संलग्नतालाई थप सुदृढ र फराकिलो बनाउन दुवै पक्ष सहमत भएका छन्। नेपालको स्वच्छ ऊर्जामा लगानी बढाउनुले आर्थिक वृद्धि मात्र नभई जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न सहयोग पुग्ने सहमति भएको छ।

दुवै पक्षले नवीकरणीय ऊर्जा र सूचना तथा सञ्चार क्षेत्रलगायत विभिन्न क्षेत्रमा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टजस्ता लगानीका निकायको उपयोगका साथै ब्रिटिस लगानी साझेदारीबाट थप स्रोत प्रयोग गर्ने सम्भावनाबारे पनि छलफल गरेका थिए। दुवै पक्षले जलवायु परिवर्तन, गरिबी निवारण र दिगो विकासका एजेण्डालाई अगाडि बढाउनेजस्ता बहुपक्षीय मञ्चमा साझा हितका विभिन्न विषयमा सहकार्य गर्ने विषयमा नवीकरण गरेका छन्।

संयुक्त अधिराज्यले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा हालको दोस्रो ठूलो सेना उपलब्ध गराउने राष्ट्रको रूपमा नेपालको योगदानको प्रशंसा गरेको छ। छुट्टाछुट्टै भेटमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र बेलायतको राष्ट्रमण्डल विकास कार्यालयका स्थायी उपसचिव सर फिलिप बार्टनबीच मैत्री सन्धिको शतवार्षिकी मनाउने, उच्चस्तरीय भ्रमण आदानप्रदान, द्विपक्षीय सहयोगलगायत विविध विषयमा फलदायी छलफल भएको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस