काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाई’ अनिवार्य नगर्न निर्देशन दिएको छ ।
महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।
महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा निर्णय अनुसार विद्यालयहरूलाई बिहीबार परिपत्र गरिएको महानगरले जनाएको छ ।
महानगर शिक्षा विभागका शिक्षा अधिकृत मोतीराज खनालका अनुसार टाई लगाउँदा बालबालिकाहरूलाई असहज महसुस हुने, स्वतन्त्र रूपमा हिँडडुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।
