काठमाडौँ । २२ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार उपराष्ट्रपति कार्यालयकी उपसचिव विमला रोका श्रेष्ठको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने त्यहाँका कृष्ण प्रसाद बस्याल उपराष्ट्रपति कार्यालय पठाइएको छ ।
त्यसैगरी अर्थ मन्त्रालयका उपसचिव गणेश विक्रम शाहीको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) विष्णु प्रसाद भट्टराईको युवा तथा खेलकुद मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकालको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशका लिला धर अधिकारीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयका नारायण प्रसाद मैनालीको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।
त्यस्तै राष्ट्रिय योजना आयोगकी उपसचिव मुनका न्यौपानेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका राधाकृष्ण खतिवडाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रवीन्द्र जङ्ग थापाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू नरहरि तिवारीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, मनोज रेग्मीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, होम प्रसाद घिमिरेलाई गृह मन्त्रालय, विकाउ कुमार यादवलाई महालेखा नियन्त्रकको कार्यालय र मोहन पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रशासन ब्युरोलाई प्राप्त सूची अनुशार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कमल ज्ञवालीलाई जिल्ला समन्वय समितिको कार्यालय रुपन्देही, त्यहाँका उपसचिव धर्मा अर्याल बेल्वासेलाई प्रदेश प्रमुखको कार्यालय लुम्बिनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव पङ्कज भुर्तेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै राष्ट्रिय योजना आयोगका उपसचिव राकेश गुरुङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र त्यहाँका उपसचिव सूर्य प्रसाद उपाध्यायलाई शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालयका उपसचिव बलराम ढकाललाई गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव ज्योति के.सी.रावलको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ ।
त्यसैगरी तीन दर्जन बढी शाखा अधिकृत र अढाई दर्जन जति सहसचिवहरुको सरुवा सूची पनि अन्तिम निर्णय हुन मात्रै बाँकी छ ।