७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

अ+ अ-

रामपुर – तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रा पालनमा जोडिएको छ। रामपुर नगरपालिका- ६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन्।

तरकारी खेती गर्ने क्रममा रामपुर नगरपालिका र ‘हेफर प्रोजेक्ट नेपाल’को सहयोगमा उपहारस्वरूप बाख्रा पाएपछि देवकोटा खुसी छन्। बिना लगानी उपहारका रूपमा पाएको बाख्राबाट व्यवसाय बढाउँदै जाने उनको सोच छ।

‘आफूले लगानी नगरीकन उपहारस्वरूप माउँ बाख्रा पाएकी छु, यसलाई घरमा राम्रोसँग पालनपोषण गरेर व्यावसायिकरुपमा अगाडि बढाउनेछु, तरकारी खेतीमा पनि बाख्रापालन गरेपछि मलको समस्या भएन’, देवकोटाले भनिन्। उनको घरमा अहिले पाँच माउँ बाख्रा र एउटा खसी छ। देवकोटाले तालपोखरा स्वावलम्बन महिला समूहमार्फत बाख्रा उपहार पाएकी छन्। बाख्राबाट धेरै पाठापाठी उत्पादन गरेर आम्दानीको दिगो स्रोतका रूपमा व्यावसायिक तवरबाट काम गर्ने उनले बताइन्।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सहजीकरणमा कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालनमा छ। परियोजनाअन्तर्गत नगरपालिकाभित्र गठन भएका २० स्वालम्वन महिला समूहमा २१ उन्नत जातको बोयर क्रस बीउ बोका वितरण गरिएको छ। हालसम्म परियोजनाबाट ४१ महिला स्वावलम्बन समूह, दश युवा समूह गठन, उपहार समूह ३१ रहेका छन्। यी समूहमा परियोजनाका गतिविधि सञ्चालन भइरहेका छन्।

परियोजनामार्फत गठन भएका महिला समूहमा परियोजना सुरु भएदेखि (आर्थिक वर्ष २०७७/७८) को असारदेखि हालसम्म रामपुरमा ३६१ उन्नत जातका प्रजननयोग्य माउँपाठी वितरण गरिएको छ। अहिलेसम्म परियोजनाले रामपुरभित्र ३५ बिउ बोका उपलब्ध गराएको छ।

महिलाको आम्दानीसँग जोड्नका लागि बाख्रापालन, कृषि, स्थानीय जातका कुखुराको प्रवर्द्धन कार्य भइरहेको छ। समूहको संस्थागत विकासका लागि मासिक बैठक बस्ने, बचत उठाउने र लगानी गर्ने, प्राविधिक छलफल, खोर निर्माणमा अनुदान, पाँच माउँ बाख्रा भएकालाई खोर बनाउन सहयोग, क्षमता विकासका विभिन्न तालिम, साना पशुका लागि जुकामाटेको औषधि, लहरेबालीका बीउ बिजन वितरण भइरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका संयोजक सन्जु परियारले बताए।

घरको कामसँगै बाख्रापालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन नगरपालिकाले माउँ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको नगर उपप्रमुख बालकुमारी थापाले बताइन्। ‘उन्नत जातका बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन कार्यक्रममा जोड दिइरहेका छौँ, बाख्रा पालक किसानलाई प्रोत्साहन गर्दै नगरले आवश्यकता र किसानको मागको आधारमा विभिन्न सहयोगका कार्यक्रम गर्नेछ’, उनले भनिन्। यहाँ किसानले आधुनिक प्रविधिका खोर निर्माण, स्थानीय खरी तथा बोयर क्रस जाता बाख्रा पाल्दै आएका छन्।

रामपुर नगरपालिकामा सञ्चालन भइरहेको यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आयस्रोत वृद्धि गर्न स्थानीय तहले बेला बेलामा अनुगमन, समूहलाई क्षमता विकास तालिमलाई जोड दिँदै छोटो समय अवधि नभई कम्तीमा पनि तीनदेखि चार वर्षको समय अवधिसम्म कार्यक्रम निरन्तररुपमा सञ्चालन गर्दै जानुपर्ने बताउनुहुन्छ, पछौटेपन उन्मुलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेय।

स्थानीय सरकारको साझेदारीमा हाल पाल्पाका दश स्थानीय तह रामपुर र तानसेन नगरपालिकासहित गाउँपालिकातर्फ निस्दी, पूर्वखोला, रिब्दीकोट, रम्भा र तिनाउँमा बाख्रा पालनलगायतका विभिन्न कृषि तथा पशुपालनका कार्यक्रम चलिरहेको हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने बताउँछन्। पहिला बाख्रा र पशुमा मात्र सञ्चालन गरिएको कार्यक्रम अहिले भने पालिकाको समन्वयमा कृषि तथा पशुपालनमा सञ्चालन भइरहेको न्यौपानेले जानकारी दिए।

हेफरले पालिकासँगको समन्वयमा २०७८ सालदेखि कार्यक्रम गरिरहेको छ। पाल्पामा सन् २००१ देखि नै प्रारम्भ भएको हेफर प्रोजेक्ट कार्यक्रममा जोडिएका स्थानीयले बाख्रा पालनबाट मनग्य आम्दानी लिन सफल भएका छन्।

बाख्रापालन नै स्थानीयको मुख्य आयआर्जनको स्रोत बनेको छ। गत आर्थिक वर्षमा पाल्पा जिल्लाबाट करिब रु २० हजार खसीबोका बिक्री गरिएका थिए।

प्रतिक्रिया दिनुहोस