काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ । टियु मैदानमा जारी खेलमा वर्षा भएपछि रोकिएको हो ।
पहिला ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने अर्का आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भए । अहिले रोहित पौडेल र कुशल मल्ले नेपालको पारी सम्हालेका छन् ।
पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन् ।