काठमाडौँ । अमृत साइन्स क्याम्पसका अनेरास्ववियू र अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको छ ।
कुटपिटबाट क्रान्तिकारीका खेम सिंह र अनेरास्ववियूका रमेश पुलारा घाइते भएको लैनचौर प्रहरीले जनाएको छ । शनिबार क्रान्तिकारीका विद्यार्थीले अनेरास्ववियूका पुलारामाथि आक्रमण गरेका थिए ।
उनको टाउकोमा ८ वटा टाका लगाइएको छ । त्यसको प्रतिकार स्वरूप आइतबार अनेरास्ववियूका विद्यार्थीले सिंहलाई आक्रमण गरेका हुन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य कमलराज जोशीसहित ४ जनालाई पक्राउ गरेको छ ।