काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ।
यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६४रुपैयाँ २५पैसा र बिक्री दर १६५ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
