काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असारको बजेट अगावै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।
उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताए।
एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको भन्दै उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने दाबी गरे ।
सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले काँग्रेस र एमाले मिल्ने आँकलन सहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको बताएका छन् ।