९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अखाद्य बस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गर्ने सत्याल पक्राउ 

अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट ठूलो परिमाणमा नक्कली मह र कच्चा पदार्थसहित व्यापारीलाई पक्राउ गरेको छ। अखाद्य मिसावट गरी मह उत्पादन तथा बिक्री गरेको आरोपमा बुढानीलकण्ठ–२ स्थित गार्डेन अपियरी उद्योग प्रा.लि.का सञ्चालक ५९ वर्षीय पवन सत्याल पक्राउ परेका हुन्।

उनलाई सोमबार मध्याह्न १२ बजे प्रहरी प्रभाग बुढानीलकण्ठ र प्रहरी वृत्त महाराजञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरी र स्थानीय जनप्रतिनिधिसमेतको टोलीले चेकजाँच गर्दा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थसहित सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सिताराम रिजालले बताए । 

प्रहरीका अनुसार तयारी मह सात सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन बरामद भएको हो। बरामद मह र कच्चा पदार्थको मूल्य ५ लाख रुपैयाँ बराबर पर्ने प्रहरीले जनाएको छ।

बरामद महको नमुना परीक्षणका प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ। पक्राउ परेका सञ्चालकलाई कालोबजारी तथा केही अन्य समाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको अधिकारीले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस