काठमाडौँ । निजामती कर्मचारीहरूले मुख्य सचिवसहित उच्च अधिकारीहरूलाई ‘एसएमएस’ पठाएका छन् ।
निजामती कर्मचारी ट्रेड युनियनहरूले मुख्य सचिवसहित उच्च अधिकारीहरूलाई ‘एसएमएस’ पठाएर संघीय निजामती सेवा ऐन २०७९ को मस्यौदामा विरोध जनाएका हुन् ।
मुख्य सचिव शंकरदास वैरागी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्कर, कानुन न्याय तथा संसदीय मामिला सचिव धनराज ज्ञवाली, अर्थ सचिव तोयम राया र संघीय मामिलाका सहसचिव नारायण अर्याललाई ‘राष्ट्रिय स्तरका ट्रेड युनियनले उठाएका माग समावेश गरी अविलम्ब कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गरियोस्’ भन्दै एसएमएस गरिएको निजामती कर्मचारी युनियनले जनाएको छ ।
५ ठूला निजामती कर्मचारीहरूले संयुक्त रूपमा देशभरका कर्मचारीहरिलाई आह्वान गर्दै एसएमएस पठाउन आग्रह गरिएको छ ।
६ वैशाखमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती), एकीकृत सरकारी कर्मचारी सङ्गठन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले विरोधको कार्यक्रम सार्वजनिक गरेका थिए ।
सम्बन्धित समाचार :
सोही अनुसार एसएमएस पठाएर विरोधको कार्यक्रम गरिएको उनीहरूको भनाई छ । विरोधको कार्यक्रम अन्तर्गत २० वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा कानुनमन्त्री पूर्ण बहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई एसएमएस गर्ने तयारी गरिएको छ ।
बुधबार संघीय संसद्का १० ठूला राजनीतिक दलका प्रमुख सचेतकहरूलाई पनि कर्मचारीहरूले एसएमएस गर्ने भएका छन् । २१ वैशाखमा कर्मचारीहरूलाई सिंहदरवार प्रवेश नगर्न आह्वान गरिने जनाइएको छ ।