काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ऐलानी जग्गामा बनेको घर पास गरिदिने पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराई, ज्याउल हक र एसानुल हक राकीविरुद्ध विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
उनीहरूले पर्साको साबिक अलौ गाविस-५ को किनं ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी विक्री गरेको आयोगको ठहर छ ।