काठमाडौँ । बझाङमा हिमपहिरोमा परेर एक महिला बेपत्ता भएकी छन् । सुर्मा गाउँपालिका-१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी हुन् ।
उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सागुम्बा सङ्कलन गर्न वैशाख ९ गते घरबाट गएकी थिइन् । दुई-तीन दिनदेखि लगातार पानीसँगै हिमपात भएपछि बोहरा घर फर्किने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएकी हुन् ।
बेपत्ता बोहराको खोजीका लागि टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बोहराको साथमा रहेका दुई छोरा भने सकुशल घर पुगेका छन् ।