६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता भण्डारीको उपचार सुरु

अ+ अ-

काठमाडौँ । आगलागीमा परी घाइते भएका नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको थप उपचार मङ्गलवारदेखि काठमाडौँमा सुरु गरिएको छ।

काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई मङ्गलवार भर्ना गरी उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा. नवराज पाण्डेले जानकारी दिए।

गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर बर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा. शंकरमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो।

अस्पतालले उनका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने बताएको उनका स्वकीय सचिव बोधराज कँडेलले जानकारी दिए। उनको उपचारमा वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डे र उनका टिम संलग्न छ। अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायत उपचार गराइने डा पाण्डेले जानकारी दिए।

भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा उपचार गराइएको थियो। भारतबाट आइतबार स्वदेश फर्किएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ छ।

शरीरमा संक्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन्।

गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारीसँगै उनकी आमा हरिकला भण्डारी पनि घाइते भएकी थिइन्। आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस