काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौँ तह) शेषकान्त पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
एक लाख घुस खाएको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
शिक्षक सरुवामा एक लाख रुपैयाँ घुस खाएको आरोपमा घुस लिएका उनलाई यसअघि अख्तियारले रंगेहात पक्राउ गरेको थियो।
थप छानबिन गरेर अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा १ को देहाय खण्ड ९ग० बमोजिम कैद सजाय हुन मागदाबी लिई अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो।