१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ आइपुगे सुडानबाट उद्धार गरिएका १३ जना नेपाली 

अ+ अ-

काठमाडौँ । सुडानबाट उद्धार गरिएका १३ जना नेपाली काठमाडौँ आइपुगेका छन् । आन्तरिक द्वन्द्वले ग्रस्त मुलुक सुडानबाट साउदी अरेबिया र चीनको सहयोगमा उद्धार गरिएका १३ जना नेपाली काठमाडौँ आइपुगेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार इजिप्टको राजधानी कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा आएका ३१ जना नेपालीमध्ये १९ जना साउदी अरेबियाको जेद्दा पुगेका थिए । जेद्दा पुगेका १९ जनामध्ये ६ जनाले आफ्नै इच्छाले रोजगारदाता कम्पनीको युएईको दुबईमा रहेको शाखामा स्थानान्तरण भएर उतै बसेका छन् । बाँकी रहेका ९ जनालाई भारतको सहयोगमा पोर्ट सुडानबाट भारतको अहमदाबाद ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

चिनियाँ कम्पनीमा कार्यरत एक नेपालीको यसअघि नै उद्धार भइसकेको थियो ।

साथै, कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका तीन जनामध्ये १ जनाले पोर्ट सुडानमा नै र दुई जनाले इजिप्ट र सुडानको सीमामा सुरक्षित रहेको भन्दै उतै रहन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरूको पनि यसअघि नै सुरक्षित उद्धार भइसकेको मन्त्रालयले जनाएको छ ।

सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरूबाट सक्रिय रूपमा समन्वय र सहजीकरण भएको भन्दै परराष्ट्र मन्त्रालयले उद्धार प्रक्रियामा सहयोग पुर्‍याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारप्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस