काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो ।
आजबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।
बैठकमा एमाले संसद् बैठकमा कसरी प्रस्तुत हुने र पार्टीका सांसदहरूले कस्तो भूमिका खेल्ने भन्ने बारेमा छलफल हुने बताइएको छ ।