५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्रालयले छुट्यायो मल किन्न मात्रै ५७ प्रतिशत बजेट

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष ८०-८१ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ५२ अर्ब ६५ करोड रुपैयाँको मात्रै बजेट सिलिङ पाएको छ। 

तोकिएको यो सिलिङमा मन्त्रालय प्रशासनिक खर्च र मल खरिदमा केन्द्रित हुने देखिएको छ। जम्मा बजेट सिलिङको ५७ प्रतिशत बढी रकम रासायनिक मल खरिदका लागि मात्रै छुट्याइएको छ। 

मल खरिद गर्नको लागि मात्रै ३० अर्ब रुपैयाँको सिलिङ तोकिएको छ। चालु आर्थिक वर्ष २०७९-८० मा मल खरिदको लागि १५ अर्ब रुपैयाँ मात्रै विनियोजन गरिएकोमा यो रकमले अपुग भएपछि पुनः बजेट माग गरिएको थियो।

प्राप्त बजेट सिलिङको आधाभन्दा बढी बजेट रासायनिक मल खरिदमा खर्च हुने भएपछि आगामी आर्थिक वर्षका लागि मन्त्रालयमा कुनै नयाँ कार्यक्रम देखिँदैन। 

मन्त्रालयलाई प्राप्त सिलिङ अनुसार चालुतर्फ ४६ अर्ब ४४ करोड रुपैयाँ सिलिङ तोकिएको छ भने जम्मा ६ अर्ब २० करोड रुपैयाँ पुँजीगत तर्फको सिलिङ छ। 

बजेट स्रोततर्फ नेपाल सरकारको (राजस्व स्रोत र आन्तरिक ऋण) ४४ अर्ब ६० करोड छ। वैदेशिक अनुदानबाट ८९ करोड र ७ अर्ब १५ करोड रुपैयाँ वैदेशिक ऋणबाट स्रोत बेहोर्ने उल्लेख गरिएको छ। 

समग्रमा कृषि मन्त्रालयको बजेट गत वर्षभन्दा करिब ९ प्रतिशतले बढेको छ। गत वर्ष ४८ अर्ब थियो। 

आगामी आर्थिक वर्षको बजेट सिलिङले नियमित कार्यक्रमलाई नै निरन्तरता दिन मात्रै सकिएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि धान लगायत अन्य बालीको जात अनुसन्धान गर्ने, कृषि अनुसन्धान परिषद्मा जनशक्ति पनि थप्ने, प्रविधि, विकास गर्ने, पशुपंक्षी तथा कृषि बालिको बीमा लगायतका कार्यक्रम प्राथमिकतामा छन्। 

त्यस्तै, खाद्य गोदाम बनाउने, कृषि बजार निर्माण गर्ने, पशु भ्याक्सिन उत्पादन गर्ने, प्रयोगशाला शुद्धीकरण गर्ने, पशुपंक्षीतर्फ पशु आहारको लागि घाँस प्रवर्द्धन गर्ने, सिँचाई कुलो मर्मत गर्ने तथा बाँझो जमिन सदुपयोग गर्ने लगायतका कार्यक्रम छन्। 

मन्त्रालयले स्थानीय तहमा उत्पादन प्रवर्द्धन गर्ने कार्यक्रम दिन थप पाँच अर्ब ३५ करोड बजेट माग गरेको थियो। तर त्यो बजेट पाएको छैन। 

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष लागि स्थानीय तहको बजेट पनि घटाइएको छ। 

चालु आर्थिक वर्ष स्थानीय तहमार्फत सञ्चालन हुने कार्यक्रमलाई ६ अर्ब बजेट थियो। आगामी आर्थिक वर्षका लागि तीन अर्ब मात्रै छ। 

प्रतिक्रिया दिनुहोस