९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरद्वारा ‘केएमसी एप’ सार्वजनिक, घरबाटै नगद भुक्तानी गर्न सकिने  

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरूप नयाँ एप्लिकेसन सार्वजनिक गरेको छ ।

महानगरको सेवाप्रवाह सुधारका लागि एकीकृत डिजिटल शुसासन प्रणाली ‘केएमसी एप’ सार्वजनिक गरिएको मेयर बालेन्द्र साह (बालेन)ले बताएका छन् । एप्लिकेसन मार्फत महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था रहेको महानगरले जनाएको छ ।

एप्लिकेसनमार्फत ३० भन्दा बढी सिफारिस, अनलाइन राजस्व, डिजिटल नागरिक वडापत्र, जनगुनासो, स्मार्ट कर लगायतका सेवाहरू प्रवाह हुने महानगरले जनाएको छ ।

एपमा अनलाइनबाटै सम्पत्ति कर, भूमि तथा मालपोत कर, व्यवसाय कर जस्ता विभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको महानगरले जनाएको छ ।

यसैगरी महानगरपालिकाले भुक्तानी दिनुपर्ने विभिन्न कामहरू तथा ठेक्का बापतको रकम भुक्तानीका लागि समेत इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सेवा सुरु गरेको छ ।

महानगरपालिका अनुसार अब इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सेवा सञ्चालन भएसँगै महानगरमा कर तथा रकम तिर्न र भुक्तानी लिन आउन नपर्ने भएको छ ।

सेवाग्राहीहरूले नगद भुक्तानीसँग जोडिएका हरेक कारोबार अब घरबाटै गर्न सकिने व्यवस्था गरिएको मेयर साहले बताए ।

प्रतिक्रिया दिनुहोस