८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दही बेचेरै फेरिएको जीवनशैली, मासिक ५० हजार आम्दानी

अ+ अ-

दाङ । देउखुरी क्षेत्रका किसानले उत्पादन गरेको दही बिक्री गर्न घोराही, तुलसीपुर, लमही, भालुवाङलगायत बजारसम्म पुग्ने गर्दछन् ।

भैँसी पालन व्यवसाय गर्दै आएका अधिकांश यहाँका किसानले यसरी नै आफ्नो जीविकोपार्जन गर्दै आएका हुन् ।

राजपुर गाउँपालिका–३ खरदरियाका हरिप्रसाद यादवको दिन पनि भैँसी पालन व्यवसायमै बित्ने गरेको छ ।

४६ वर्षीय उनले बेलुकाको दूधबाट दही बनाएर विभिन्न ठाउँमा बिक्री गर्न जाने र प्रतिलिटर ९० सम्म बेच्ने गरेको बताए । आफूले उत्पादन गरेको दही सबैले रुचाउने भएकाले बिक्री गर्न समस्या नहुने यादवको भनाइ छ । दैनिक २० लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक ५० हजारसम्म आम्दानी गर्ने गरेको उनले बताए ।

‘गाउँमा सबैको घरमा भैँसी हुन्छन् । त्यसैले गाउँमा दही बिक्री हुँदैन’, यादवले भने,‘राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेको छु । बजारमा दही राम्रो बिक्री हुने गरेको छ ।’

बजारमा पुर्‍यायो भने दहीको भाउ राम्रो आउने भएकाले पनि राजपुरका अधिकांश पशुपालक किसान घोराही, लमही, भालुवाङसम्म पुग्ने गरेका छन् । यसरी कमाइएको पैसाले छोराछोरीको पढाइखर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादवले बताए ।

देउखुरीको बजार सानो भएको र गाउँमा दही बिक्री नहुँदा दिनहुँ राजपुरबाट घोराहीसम्म दही बिक्रीका लागि आउने गरेको उनको भनाइ छ ।

यादव मात्रै होइन देउखुरी र राजपुर क्षेत्रमा उत्पादित दही बिक्रीका लागि देउखुरीको गढवा, लमही र भालुवाङ बजारसँगै दाङ घोराही र तुलसीपुरसम्म आउने गरेका छन् ।

देउखुरीका तुलनामा घोराही र तुलसीपुरमा दहीको बढी माग हुने गरेको छ । व्यावसायिक भैँसी पालनका लागि जिल्लामै पकेट क्षेत्रका रूपमा रहेको खरदरियाका अधिकासं बासिन्दाले दुईदेखि १० वटासम्म भैँसी पाल्न गरेका छन् ।

राजपुर गाउँपालिका–३ खरदरीयामा मात्रै भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आबद्ध छन् । किसानहरूले भैँसीको दूध डेरीले ल्याउने गरेको छ । डेरी घरमै गएर कम मूल्यमा दूध किन्ने गरेकाले केही किसानले भने दही तथा दूध बिक्रीका लागि जिल्लाका विभिन्न बजारसम्म पुग्ने गरेको खरदरियाका अर्का किसान देवप्रसाद यादवले बताए ।

‘भैँसीको दूध तथा दही गाउँबाटै डेरीले लग्ने गरेका छन् । बिक्रीका लागि कुनै समस्या छैन,’ उनले भने, ‘तर आफै बजारसम्म लगेर बिक्री गर्दा डेरीवालाले लग्नेभन्दा केही रुपैयाँ महँगोमा बिक्री गर्न सकिन्छ।’

दही व्यावसायिकरुपमा जिल्लाका विभिन्न ठाउँमा भैँसी पालन गरिए पनि देउखुरीको राजपुर गाउँपालिकाअन्तर्गत रहेको खरदरिया गाउँ भने भैँसी पालन पकेट क्षेत्रका रूपमा विस्तार भएको छ ।

प्रतिक्रिया दिनुहोस