७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम

अ+ अ-

गोरखा । गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ ।

गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

गोरखा नगरप्रमुख कृष्णबहादुर राना मगरले महिला उद्यमी सङ्घ र नगरपालिकाको संयुक्त आयोजनामा भएको तालिममा १५ महिलाको सहभागिता रहेको जानकारी दिए ।

‘अहिले दिन लागिएको तालिम पृथ्वीनारायण शाहको मूर्ति बनाउनेसम्बन्धी एक महिने एडभान्स तालिम हो’, उनले भने, ‘यसअघि एक महिने आधारभूत तालिममा सहभागी भएकाहरू दोस्रो पटकको एडभान्स तालिममा सहभागी भएका छन् ।’

तालिमका क्रममा निर्माण गर्ने मूर्ति विभिन्न कार्यक्रममा मायाको चिनोका रूपमा अतिथिलाई दिनका लागि समेत प्रयोग हुने उनको भनाइ छ ।

‘गोरखा भन्ने बित्तिकै नेपाल एकीकरणको उद्गम थलो र तत्कालीन पृथ्वीनारायण शाहले राज्य गरेको ठाउँका रूपमा विश्वभर परिचित ऐतिहासिक जिल्ला हो’, नगरप्रमुख राना मगरले भने, ‘त्यसैले पनि गोरखा आउँदा गोरखाको इतिहासलाई सम्झाउने मायाको चिनो लैजान धेरैजसो लालायित हुने भएकाले पनि तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सके प्रभावकारी हुनेछ ।’

यस्ता खालका सीपमूलक तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै आर्थिक आयआर्जनमा समेत व्यक्तिलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले नगरपालिकाले सीपमूलक तालिममा जोड दिँदै आएको उनले बताए ।

तालिममा सहभागीलाई मूर्ति बनाउने, मूर्तिका लागि आवश्यक पर्ने फ्रेम बनाउने साथै ऐन र फोटो फ्रेम बनाउनसमेत सिकाइने तालिमको प्रशिक्षकका रूपमा योगेन्द्र गुरुङले बताए । तालिममा प्रशिक्षक योगेन्द्र गुरुङ र शारदा खत्रीले सहभागीलाई तालिम प्रदान गरिरहेका छन् ।

महिला उद्यमी सङ्घ नेपाल गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा एक महिने मूर्ति बनाउने तालिम सोमबारबाट सुरु भएको हो । नगरपालिकाले तालिम सहभागीका लागि आवश्यक सामग्री खरिद लागि तीन लाख बजेट विनियोजन गरेको उनले बताए ।

सोमबारदेखि सुरु भएको तालिम आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। तालिमको एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर (सपना पुन)ले शुभारम्भ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस