काठमाडौँ । पर्साको विन्दवासिनी गाउँपालिका-५, प्रसौनिभाठ्ठा पुलस्थित सडकबाट स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारतको पूर्वी चमपारण ग्राम पञ्चायत भेलाही बस्ने ४० वर्षीय धनञ्जयकुमार गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् । उनीहरूलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको प्रहरीले वीरगन्जबाट प्रसौनिभाटातर्फ जाँदै गरेको बिआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।