११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री मोदी र पीएलजीएसपीका साझेदारबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका साझेदारीबीच भेटवार्ता भएको छ । 

बिहीबार सिंहदरवारस्थित मन्त्री मोदीको कार्यकक्षमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको विकास साझेदारको रूपमा रहेका स्विट्जरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य बेलायत र युरोपियन युनियनका प्रतिमण्डलबीच भेटवार्ता भएको हो । 

भेटमा स्विट्जरल्याण्ड राजदूतावासका काउन्सिलर एवं उपनियोग प्रमुख सिल्भाना होग, युरोपियन युनियनका काउन्सिलर एवं समन्वय प्रमुख डा. मार्को जेमर, नर्वे राजदूतावासका काउन्सिलर अफ गभर्नेन्स एनिला खान र ब्रिट्रि राजदूतावासका कार्यवाहक विकास निर्देशक एन्ड्रयु लङ उपस्थित थिए । 

भेटका क्रममा विकास साझेदारी प्रतिनिधिमण्डलले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमको निरन्तरता, कार्यक्रमको ढाँचाको पुनरावलोकन तथा त्रैमासिक रूपमा कार्यक्रमको विस्तृत समीक्षा गर्नुपर्ने लगायतका विषयमा सामूहिक धारणा राखेका थिए । 

मन्त्री मोदीले प्राप्त सुझाव र सल्लाहका आधारमा प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमलाई थप परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । यो कार्यक्रमको लक्ष्यहरू, अवधारणा, अन्तिम प्रभाव र सान्दर्भिकता बाँकी नै रहेकाले यसको एक वर्षको लागि प्रस्ताव गरिएको संक्रमणकालीन वर्ष र त्यस पछिको कार्यक्रमको बहुवर्षीय विस्तारका लागि समेत विकास साझेदारीहरुको सहमति सरकारले अपेक्षा गरेको मन्त्री मोदीले बताए ।

प्रतिक्रिया दिनुहोस