काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक क्षेत्रहरूसँग सम्बद्ध ऋणीहरूलाई स्रोतको सीमाभित्र रही पुनकर्जा सुविधा उपलब्ध गराउने भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत यस्तो व्यवस्था गर्ने जानकारी दिएको हो । कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।
ऋणीहरूले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने समीक्षामा बताइएको छ ।
“राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरूसँग सम्बद्ध ऋणीहरूले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ,” समीक्षामा भनिएको छ ।