८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकको गुणस्तरमा प्रश्न उठाउँदै नौ घण्टादेखि एक जना बिजुलीको पोलमा 

अ+ अ-

काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिकाका एक व्यक्ति एक लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलमा बसेको नौ घण्टा भएको छ ।

बूढीगंगा-७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गर्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिकाले निर्माण गरेको सडक तथा रिटेन्सन वालको गुणस्तरमा प्रश्न उठाउँदै उनी शनिबार बिहान करिब ६ बजे हाइभोल्टेज पोलमा चढेका हुन् ।

गाउँपालिकाका अध्यक्ष जितनारायण थापा आएर आफूसँग प्रत्यक्ष छलफल नगरुन्जेल पोलबाट नओर्लने उनको अडान रहेको प्रहरीको भनाई छ । 

पोल क्षेत्रमा नेपाल प्रहरीले पहरा दिए पनि उनलाई झार्न जबर्जस्ती गर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष थापामगरलाई आफूहरूले आउन आग्रह गरेको र उनी धनकुटाबाट मोरङका लागि हिँडिसकेको भन्ने जानकारी पाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी रन्जनकुमार दाहालले बताए ।

गाउँपालिकाका अध्यक्ष थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार थारुले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्नेसम्मको चेतावनी ती व्यक्तिले दिएको प्रहरीको भनाई छ । 

माझीले गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् ।

शनिबार नै बूढीगंगा गाउँपालिकाका अध्यक्ष र वडाध्यक्ष जिल्लाबाहिर धनकुटा गएको बताइएको छ । 

नेपाल विद्युत् प्राधिकरणले उक्त पोल भई प्रवाह भइरहेको बिजुली रोकेको छैन । लाइन काट्दा झापासहितका पूर्वी पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध हुने भएकाले नकाटिएको जनाइएको छ ।

ती व्यक्तिलाई उद्धार गर्न १५ देखि २० मिनेटसम्म विद्युत् बन्द गर्न सकिने प्राधिकरणले सुरक्षा निकायलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस