१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्गीकरणमा नपरेका सन्दीप र भीमलाई ‘ए’ श्रेणीमा राख्ने तयारी 

अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने र भीम सार्कीलाई आगामी असारमा हुने नयाँ वर्गीकरणमा समावेश गर्ने तयारी गरिएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय विश्वकप ग्लोबल छनोट र एसिया कपमा स्थान बनाउँदा पूर्वकप्तान सन्दीप लामिछाने र भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले असारमा हुने खेलाडीको नयाँ वर्गीकरणमा सन्दीप र भीमलाई समावेश गर्ने छलफल थालेको हो । क्यानले दुवै खेलाडीलाई  ‘ए’ श्रेणीमा राखी सुविधा दिन छलफल सुरु गरीको बुझीएकोे छ ।

गत माघमा भएको खेलाडी वर्गीकरणमा सन्दीप र भीम समावेश भएका थिएनन्, पछिल्ला प्रदर्शनका आधारमा दुवै खेलाडी माथिल्लो श्रेणीमै रहन सक्ने बताएको छ । क्यानले गरेको पछिल्ला खेलाडी वर्गीकरणमा सन्दीप र भीम समावेश भएका थिएनन् । वर्गीकरणमा नपरेका सन्दीप र भीमले नेपालले खेलेका अन्तर्राष्ट्रिय म्याच फ्री मात्र पाएका थिए । सन्दीप र भीमले आइसिसी विश्वकप लिग–२ र एसिसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

क्यानले खेलाडीको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीका खेलाडीलाई तीन खण्डमा वर्गीकरण गरेको छ । वर्गीकरणमा परेका खेलाडीले क्यानबाट प्रतिमहिना पारिश्रमिक लिने गरेका छन् । 

सन्दीप एसिसी प्रिमियर कपमा अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ दी सिरिज घोषित भएका थिए । सन्दीपले १३ विकेट लिनुका साथै ब्याटिङमा ५५ रन बनाएका थिए । भीमले अन्तर्राष्ट्रिय मान्यताप्राप्त पछिल्ला तीन एकदिवसीय खेलमा अर्धशतक बनाए । एसिसी प्रिमियर कपको फाइनलमा उनले युएईविरुद्ध ७२ रनमा अविजित, ओमानविरुद्ध ५६ र युएईविरुद्ध नै ७६ रन जोडेका थिए । 

यसैगरी, लिस्ट ‘ए’मा समेत उनको प्रदर्शन उम्दा छ । एसिसी प्रिमियर कपको फाइनल रिजर्भ डेमा पुग्दा भीमको इनिङ्स सम्झनलायक रह्यो । उनले सो प्रतियोगितामा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको स्थान लिएका थिए । नेपाल टी–२० लिगबाट भीमको उदय राष्ट्रिय टोलीमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस