काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तैगरी, आज डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको छ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४२ पैसा र बिक्री दर १६४ रुपैयाँ १७ पैसा रहेको छ।
यस्तैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९८ पैसा र बिक्री दर ३५ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
