८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गलमा एक व्यक्तिलाई चक्कु प्रहार गर्ने चार जना पक्राउ

अ+ अ-

सिन्धुली । तिन पाटन गाउँपालिका– ५ थाक्ले डाँडाको जङ्गलमा एक व्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनापछि फरार रहेका सिन्धुलीको तिन पाटन गाउँपालिका–७ का १९ वर्षीय विशाल भन्ने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङ लेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी, २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् । उनीहरूका साथबाट अँधेरोमा चम्कने एक वस्तु पनि बरामत गरिएको छ ।

अर्का आरोपित तिन पाटन गाउँपालिका– ७ का २७ वर्षीय विदुर लामिछाने फरार छन् । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

उनीहरूले वैशाख ३१ थाक्ले डाँडाको जङ्गलमा ढुङ्ग्रेबेँसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएका थिए ।

लोकबहादुरसँग चकमके जाने क्रममा ढुङ्गा जस्तो देखिने चम्किलो वस्तुको विषयमा विवाद हुँदा ती पाँचै जनाले आक्रमण गरी घाइते बनाएको उजुरी परेको उनले जानकारी दिए ।

उनको दाहिने पातामा छुरा प्रहार गरी साथमा रहेको रु ३० हजार र एक थान मोबाइलसमेत लगेको बताइएको छ । घाइतेको थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस