१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोसेली तयार हुँदैछ लुम्बिनी आउने पर्यटकलाई

अ+ अ-

भैरहवा । गैडहवा गाउँपालिका-३ बस्ने ईसरावती कोहार वडा स्तरमै सञ्चालित तालिममा तल्लीन छिन् ।

गैडहवा गाउँपालिकाले स्थानीय महिलालाई लक्षित गरी सात दिने चुरा पोते बनाउने तालिममा सहभागी करिब ५० वर्षीय कोहार लगाव हेर्न लायक छ । अन्य सिकारु युवतीसँगै उनले पनि आयआर्जन गर्ने उद्देश्यले तालिममा सहभागी छन् ।

हातेमालो बहुउद्देश्यीय केन्द्रको संयोजनमा भइरहेको तालिममा ५० वर्षीय ईसरावतीसँगै १८ वर्षीया किशोरी पुष्पा यादव पनि सहभागी छिन् । गाउँमै यस्तो तालिमको अवसर पाएको र यसमा सम्भावना देखेर तालिम लिन आएको पुष्पा बताउँछिन् ।

चुरा पोते मात्र होइन गाउँपालिकाले महिला, एवम् किशोरीलाई लक्षित गरी कुसन, गुडियालगायतका समान बनाउने तालिम प्रदान गरिरहेको छ । महिलालाई सहजै उपलब्ध हुने सामग्रीबाट आयआर्जन हुने खालका यस्ता सीप प्रदान गर्ने गाउँपालिकाको आफ्नै स्वार्थ रहेको छ ।

गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार यहाँका उत्पादनलाई बजारसम्म लैजाने र महिलालाई आत्मनिर्भर बनाउने योजना गाउँपालिकाको छ । ‘गैँडहवासँगै सटेर गौतमबुद्धको जन्मस्थल लुम्बिनी छ, पर्यटकलाई लक्षित गरी विभिन्न उत्पादन दिने हाम्रो योजना हो, पौडेलले भनिन्, ‘लुम्बिनीकै कारण यहाँ बजारको अभाव हुँदैन, जति बनाउन सके उत्ति नै बिक्री हुने हो ।’

लुम्बिनी आउने पर्यटक हस्तकलासम्बन्धी सामग्रीमा विशेष रुचि देखाउने गरेका छन् । यसर्थ उनीहरूलाई हातबाटै बनाइएका चुरा पोते, कुसन, गुडिया, ढकिया, चप्पल, जुत्ता लगायतका समान उपलब्ध गराउने पालिकाको लक्ष्य रहेको पौडेल बताउँछिन् ।

यसका लागि गाउँ स्तरमै तालिम दिने र त्यहाँबाट उत्पादित सामग्रीलाई पालिकाको समन्वयमा लुम्बिनीमा बिक्रीको व्यवस्था मिलाइनेछ । स्थानीय तहमा सामान्यतः यस्ता तालिममा छोरीभन्दा पनि बुहारीलाई प्राथमिकतामा राखी तालिम दिने गरिन्छ । तर गैँडहवा गाउँपालिकामा अवस्था फरक छ । यहाँ बुहारी मात्र होइन, बुहारीसँगै आमाछोरीलाई पनि तालिममा सहभागी गराइएको छ ।

गाउँपालिकाको उपाध्यक्ष माधुरी जयसवालले ‘सीपयुक्त महिला आत्मनिर्भर’ हुने भएकोले सीप दिन कन्जुस्याइँ नगरेको बताए । एक अर्काको अनुभव आदानप्रदान हुने भएकोले आमाछोरी, बुहारी कसैलाई रोक तोक नरहेको उनको भनाइ छ ।

महिलालाई आत्मनिर्भर बनाउन सीप विकास तालिमलाई जोड दिएको उनको भनाइ छ । आम्दानी दिने खालका काममा सामान्य सीपसमेत नभएका कारण महिला आयआर्जनका काममा लाग्न नसकेकाले उनीहरूलाई सीप विकाससम्बन्धी तालिम दिन गाउँपालिका लागि परेको उनको भनाइ छ ।

‘यसैलाई ध्यान दिँदै पालिकाभरिका महिलालाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजनाका साथ लागिपरेका छौँ’, उनले भने, ‘तालिमका साथै गाउँपालिकाले महिलालाई व्यावसायिक अनुदानसमेत दिने योजना छ ।

‘मधेशमा धेरै महिला अझै पनि चुलो चौकोमै सीमित हुँदा आयआर्जन हुने व्यवसायमा जोडिन सकेका छैनन्,’ उनले भने, ‘उनीहरूमा स्वआर्जन हुने सीप विकास गर्न सकियो भने धेरै महिला यो प्रयासमा जोडिन सक्छन् ।’

प्रतिक्रिया दिनुहोस