मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले ०७८/७९ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवं प्रचलित ऐन कानुनले तोकेबमोजिम काम, कर्तव्य कार्यालयले सफलतापूर्वक सम्पन्न भएको छ भन्ने विश्वास लिएको बताए। उनले दरबन्दीअनुसार कर्मचारीको अभाव भए पनि मेहनतका साथ कार्य सम्पादन भएकामा खुसी व्यक्त गरे।
मुख्य न्यायाधिवक्ता आचार्यले कार्यालयले कानुनबमोजिम कार्य सञ्चालन, प्रदेशउपर दायर मुद्दामा प्रतिरक्षा र सरकारलाई कानुनी परामर्श दिने काम गर्दै आएको जानकारी गराएका थिए