काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले हिन्दु राष्ट्रबारे जनमत सङ्ग्रह गर्न माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मङ्गलवार बालुवाटारमा १८ बुँदे ज्ञापनपत्र बुझाउँदै संविधानसभा सदस्य शर्माले धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत सङ्ग्रहको माग गरेका हुन् ।
‘राष्ट्रिय विवाद र बहसको रूपमा देखा परेको एक प्रमुख मुद्दा धर्मनिरपेक्ष वा हिन्दु राष्ट्रबारे जनमत सङ्ग्रहमार्फत निर्णय गरी देशलाई दीर्घकाल शान्तिको दिशामा लगियोस्’ शर्मा र पूर्वसांसद इन्दु शर्माले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रचण्डले अरु विषयमा समर्थन जनाए पनि जनमत सङ्ग्रहको मागमा भने असहमति जनाएको शर्माले बताए ।