काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नियम निलम्बन गरेर २० जना सांसदले प्रश्न सोध्न सक्ने बनाइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरुले प्रश्नोत्तर गरिरहेका छन् ।
प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) मा एउटा बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने व्यवस्था थियो ।
तर, नियम निलम्बन गरेर २० जना सांसदलाई प्रश्न सोध्न मिल्ने बनाइएको हो।