७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल

अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको आज सम्पन्न बैठकले आफ्नो आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ।

सिंहदरवारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले उक्त कार्यविधि सर्वसम्मत पारित गरेको हो।

समितिका ज्येष्ठ सदस्य एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि अर्का ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा बैठक बसेको थियो।

समितिका सबै सदस्यले बैठकमा प्रस्तुत सम्पत्ति शुद्धीकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफाबार छलफलका लागि तत्काल अघि बढाउन समितिले पारित गरेर पठाउनुपर्ने धारणा व्यक्त गरेका थिए। सो बमोजिम बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन (तेस्रो संशोधन), २०७९ माथि छलफल प्रारम्भ भएको छ।

यही जेठ २ गते पहिलो पटक बसेको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिमा आएकाले यसमा दफाबार छलफल गरी निष्कर्षमा पुर्‍याउनुपर्ने जानकारी गराए।

सङ्क्रमणकालीन न्यायका सम्बन्धमा १८६ वटा संशोधन परेको छ। उक्त विषयमा अब समितिमा दफाबार छलफल प्रारम्भ भएको हो। समितिको बैठक भोलि ११ बजे पुनः बस्नेछ। दफाबार छलफललाई निरन्तरता दिइने आजको बैठकका सभापति गुप्ताले बैठकमा जानकारी गराए।

समितिको बैठकको कार्यविधिमा बिना सूचना निरन्तर पाँच वटा बैठकमा उपस्थित हुन नसके समितिको सदस्यबाट निष्कासन गरिन सक्ने व्यवस्था छ। तर समितिका सदस्यले बैठकमा उपस्थित हुन नसक्नाको लिखित कारण समितिका सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस