१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा अमेरिकी गुप्तचरको संलग्नतामा बनेको पार्टी हो : महासचिव भट्ट

अ+ अ-

डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको स्वार्थमा खुलेको पार्टी रहेको राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले बताएका छन् । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको मेची महाकाली अभियान लिएर गृह जिल्ला डोटी आइपुगेका भट्टले बिहीबार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा उक्त आरोप लगाएका हुन् ।

उनले अमेरिकी गुप्तचरको संलग्नतामा रवि लामिछाने चलिरहेको बताए । रविको पार्टी वैकल्पिक शक्ति नरहेको तर्क प्रस्तुत गरे । विचार, सिद्धान्त र कार्यदिशा विहीन पार्टी रहेकाले वैकल्पिक पार्टी बताउन नसकिनेमा उनको जोड थियो ।

अमेरिकाको इशारामा चल्ने ३० लाख क्रिश्चीयनहरुको सहयोगमा ०६४ सालमा माओवादी र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाडि ल्याएको उनको तर्क छ । माओवादीबाट स्वार्थ पुरा भएपछि अहिले रवि लामिछानेलाई आफ्नो इशारामा घुमाउन थालिएको उनले बताए । ‘नेपालमा २ सय ४७ अन्तर्राष्ट्रिय संस्थाहरू छन् जसमध्ये ३ वटा मात्र चिनेका छन्, अरु सबै पश्चिमा मुलुकका रहेका छन् उनले पत्रकार सम्मलेनमा तर्क गरे, ‘अधिकांश संस्था क्रिस्यिनका धर्म प्रचार विभिन्न कोणबाट गरिरहेका छन् जुन अमेरिकाको राजनैतिक हतियार हो ।’

अहिले आफूहरूले गरिरहेको राजनैतिक विश्लेषण धेरैलाई अपत्यारिलो लागे पनि केही समयपश्चात् आम नागरिकले स्वीकार गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । उनले पश्चिमी देश अमेरिकाबाट राजनैतिक हस्तक्षेप तथा धार्मिक प्रचारप्रसार मार्फत नेपालमा हस्तक्षेप बढाउँदै लगेकाले राष्ट्रिय जनमोर्चा जनता माझ आएको उनी बताउछन् ।

पत्रकार सम्मेलन गर्दै नेपालमा अमेरिकाको प्रभाव परेको आरोप राष्ट्रिय जनमोर्चाले मात्र नभएर चिन र भारतले समेत लगाएको बताए । अमेरिकाका प्रतिनिधिहरू नेपालमा आएर तिब्बती शरणार्थी र बौद्ध कहाँ फोटो खिचेर चीनलाई जिस्काउने काम गरिरहेको आरोप भट्टको थियो । सैन्य गठबन्धनमा सामेल गर्न अमेरिकाले लगातार रणनीति खेलिरहेको बताउँदै भट्टले यसबाट नेपालको राष्ट्रियता, सार्वभौम र स्वतन्त्रता खतरामा परिरहेको बताए ।

राष्ट्रिय जनमोर्चाले जेठ १ गते देखि सञ्चालन गरेको मेची महाकाली अभियान अन्तर्गत देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, कोण सभा, विरोध सभा, पत्रकार सम्मेलन तथा भेटघाट गरी जेठ १५ गते एकै दिन बुटवल र काठमाडौंमा समापन गरिने समेत भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस