७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वालिङमा जग्गाको कित्ताकाट थालियो

अ+ अ-

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । राष्ट्रिय भूउपयोग ऐन, २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्डका आधार, २०७९ अनुसार जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको हो ।

लामो समयसम्म कित्ताकाट हुन नसक्दा जग्गाको कारोबार ठप्प थियो । जग्गाको कित्ताकाट खुलेसँगै राजस्व सङ्कलनसमेत बढ्न थालेको छ । चौध वडामध्ये नगरपालिकाले पहिलो चरणमा सिद्धार्थ राजमार्गसँग जोडिएका तथा बजारका वडा ६, ८, ९, १० र १३ वडामा कित्ताकाट थालेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।

कित्ताकाट सुरु भएका वडाको जग्गाको वर्गीकरण गरी मालपोत र नापी कार्यालयमा स्रेस्ता कायम गर्न पठाइएको छ । ‘पहिलो चरणमा जग्गाको वर्गीकरण गरिएका वडाबाट कित्ताकाट आरम्भ गरेका छौँ’, उनले भने, ‘दोस्रो चरणमा बाँकी रहेका वडाको क्रमशः कित्ताकाट खुलाउँदै जान्छौँ ।’

कित्ताकाट गरिएका वडाका जग्गाधनीले स्रेस्ता कायम गर्नुपर्ने भएमा सक्कल जग्गाधनी पुर्जा लिई मालपोत कार्यालय आउनुपर्ने कार्यालयका सूचना अधिकारी जीवनाथ पौडेलले बताए । नगरपालिकाले राष्ट्रिय भू-उपयोग ऐन, २०७६ अनुसार कृषि र गैर कृषि जग्गासहित ऐनले उल्लेख गरेअनुसार कित्ताकाट हुने उनले बताए। कित्ताकाट खुलेसँगै जग्गाको कारोबार बढेको छ ।

प्रतिक्रिया दिनुहोस