६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद विकास कोष खारेज गर्न माग  

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिक रूपमा भेट गरेका छन् ।

शुक्रबार सदनको संयुक्त बैठकपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत सांसद विकास कोषमा रकम विनियोजन गर्न सरकारमाथि भइरहेको दबाबबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटमा नेपाली काँग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रिय सभा संसद् विकास कोष राख्न नहुने पक्षमा रहेको बताइन् । तर, बजेटमा समावेश भए राष्ट्रिय सभा सदस्यलाई पनि सांसद विकास कोषको बजेट व्यवस्था हुनुपर्ने उनको माग थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको समान हैसियत भएकाले आफूहरूलाई विभेद गर्न नहुने तर्क उनको थियो ।

नेकपा (एमाले) संसदीय दलका नेता देवेन्द्र दाहालले पनि आफूहरू मुलुकको वर्तमान अर्थ सङ्कटका कारण सांसद विकास कोष राख्न नहुने पक्षमा रहेको बताए । उनले सांसद विकास कोषमा रकम विनियोजन गरिए राष्ट्रिय सभाका सदस्यलाई विभेद नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 

भेटमा प्रधानमन्त्री दाहालले सरकार पनि सांसद विकास कोष राख्ने पक्षमा नरहेको बताए । उनले राख्नुपरेको अवस्थामा दुवै सदनलाई विभेद हुन नदिने विषयमा आफू सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस