काठमाडौँ । कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्र विषयका प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्राध्यापक उप्रेतीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकले समाजिक विकास मन्त्रालयले पठाएको कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने प्रस्तावलाई सरोकारवालसँग थप छलफल र परिमार्जन गर्न समाजिक मन्त्रालयमा फिर्ता पठाउने निर्णय पनि गरेको छ।
विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई पोसाक सुविधा प्रदान गर्ने कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको बताइएको छ ।