काठमाडौँ । उदयपुरको रामपुर बजार शनिबार बिहानबाटै तनावग्रस्त बनेको छ।
वेलका नगरपालिका-४ स्थित लाल बजारमा टिपरले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएपछि आज बिहानैबाट रामपुर बजार तनावग्रस्त बनेको हो ।
शुक्रबार दिउँसो तीन बजे लाल बजारमा मधेस प्रदेश २-०३-०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करबाट स्थानीय नवराज राना मगरकी चार वर्षीया छोरी एन्जिलाको घटनास्थलमै मृत्यु भएको थियो।
उनीहरूले दुई वटा टिपर, एउटा ट्र्याक्टरमा आगजनी गर्नुका साथै दमकलमाथि पनि तोडफोड गरेका थिए।
शनिबार पनि स्थानीयहरूले बजार क्षेत्र बिहानैबाट बन्द गर्दा मदन भण्डारी राजमार्ग सुचारु हुन सकेको छैन। अहिले प्रदर्शन स्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका छन्।