८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्जमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

अ+ अ-

वीरगन्ज । पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा एक सय ७४ कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिए । उनका अनुसार विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका क्रममा फेला परेका ती कुपोषित बालबालिकामध्ये ५६ बालबालिकालाई महानगरपालिकाद्वारा सञ्चालित ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ ।

वीरगन्ज महानगर क्षेत्रमा गत आव २०७८/७९ मा ४९ जना कुपोषित बालबालिका फेला परेको थियो जसमध्ये ४४ जनाको उपचार गरिएको जनाएको छ । यस्तै आव २०७७/७८ मा ४३ जना कुपोषित बालबालिकामध्ये ३९ जनाको र आव २०७६÷७७ मा फेला परेको २२ जनामध्ये १८ जनाको उपचार गरिएको प्रमुख कुर्मीले बताए ।

जन्मेकोदेखि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले गत आव २०७६/७७ देखि वीरगन्ज स्वास्थ्य चौकीसहित बगही स्वास्थ्य चौकी र सिर्सिया स्वास्थ्य चौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ ।

‘‘सुरुमा कुपोषित बालबालिकालाई हामीले ओटिसी सेन्टरमा भर्ना गर्छौँ”, प्रमुख कुर्मीले भने, ‘‘ओटिसी सेन्टरमा भर्ना भएका बच्चाको पहिला भोक जाँच गर्छौँ, अनि पोषणयुक्त खाना खुवाउँछौँ ।” खाना खान सक्ने बच्चालाई थप १४ दिनसम्मको पोषणयुक्त खाना दिएर घर पठाउँछौँ, खाना खान नसक्ने बच्चालाई थप स्वास्थ्य जाँचसहित उपचारका लागि वीरगन्जस्थित पोषण पुनः स्थापना गृहमा पठाउँछौँ । पोषण पुनः स्थापना गृहमा बच्चा र आमालाई राखेर बच्चालाई पोषणयुक्त खाना र उपचार हुने गरेको उनले बताए ।

बालबालिकामा बढ्दो कुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविकामार्फत वडा–वडामा सचेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवती महिलालाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाइ छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल हाताभित्र सन् २००६ देखि सञ्चालित पोषणा पुनः स्थापना गृहले १५ वर्षको अवधिमा दुई हजार आठ सय २८ कुपोषित बालबालिकालाई अभिभावकसँगै राखेर निःशुल्क उपचार सेवा दिएको छ । पोषण पुनः स्थापना गृह वीरगन्जका प्रमुख सरिता यादवका अनुसार सन् २००७ देखि हालसम्म एक हजार पाँच सय २४ बालक र एक हजार तीन सय चार बालिका गरी दुई हजार आठ सय २८ कुपोषित बच्चाको उपचार गरिएको छ ।

पोषण पुनः स्थापना गृहमा बच्चाको आमा र अन्य अभिभावकलाई पोषणसम्बन्धी शिक्षासमेत दिइन्छ । “आमालाई पौष्टिक आहार बनाउने र खुवाउने तरिकाबारे पनि हामी सिकाउँछौँ”, गृह प्रमुख यादवले भने, ‘कुपोषित बच्चाले निःशुल्क उपचार, रेखदेख र परामर्श सेवा पाउने गरेको छ ।” अहिले पोषण गृहमा १४ जना कडा खालका कुपोषित बच्चाको उपचार भइरहेको उनले बताए ।

बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिनलगायतका औषधिसमेत खुवाइन्छ । कुपोषणका कारण बच्चामा अन्य रोगको पनि सङ्क्रमण बढ्ने भएकाले अस्पतालका चिकित्सकबाट बच्चाको नियमित स्वास्थ्य जाँचसमेत गराउने गरिएको उनको भनाइ छ ।

अति कुपोषणले ग्रसित बनेका बच्चालाई दुई महिनासम्म पोषण गृहमा राखेर उपचार र रेखदेख गर्ने गरिएको छ । सामान्यतया १६ दिनसम्मको उपचारले बालबालिका निको भई घर फर्कने गरेका छन् । एक महिनामा पुनः स्वास्थ्य जाँचका लागि बच्चालाई गृहमा बोलाउने गरिएको प्रमुख यादवले बताए ।

कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, कपाल खैरो हुने, लामो समयसम्म निदाउने, बढी रुने, झगडा गर्नेजस्ता लक्षण देखिने गरिएको बालरोग विशेषज्ञ डा सरोजकुमार यादवले बताए । “धेरै अभिभावकलाई बच्चामा कुपोषण भए–नभएको थाहा हुँदैन”, डा यादवले भने, ‘‘पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिने गरेको छ ।” बच्चाले खाना नखाने, धेरै रुने, सुत्ने, झगडा मात्र गर्नेजस्ता समस्या कुपोषणको असरले पनि हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस