काठमाडौँ । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी सम्पदा घुम्ती बस सेवा सञ्चालनमा आएको छ ।
काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यो बस सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
मङ्गलवारदेखि ‘हफ अन हफ अफ बस’ परीक्षणका रूपमा चल्ने छ । यो बस मङ्गलवार ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन भई पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौँ दरवार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म पहुँच दिने छ ।