११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउँछौँ : मन्त्री मोदी

अ+ अ-

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने उद्घोष गरेका छन् । 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित वर्तमान अवस्था र भावी योजनाको सन्दर्भमा छलफल तथा अनुगमनको क्रममा मन्त्री मोदीले यस्तो उद्घोष गरेका हुन् । 

‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अहिले कमजोर छ, यसलाई बलियो बनाउनेबाहेक हामीसँग विकल्प छैन’ उनले भने, ‘यो संस्थालाई बलियो बनाउनका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी राख्दैनौँ ।’

मन्त्री मोदीले संस्था बलियो बनाउनका लागि प्रतिष्ठानका कर्मचारीहरूबिच बलियो एकता अनिवार्य सर्त भएको पनि बताए । 

उनले भने, ‘यो संस्थालाई बलियो बनाउनका लागि तपाईँहरूबिच बलियो एकता हुन जरुरी छ, तपाईँहरूबिच बलियो एकता भए मात्रै यो संस्था समुन्नतिको बाटोमा अघि बढ्छ ।’

प्रतिष्ठानका कर्मचारीहरूले सकारात्मक सोच र दृष्टिकोण राखेर कार्यसम्पादन गर्नुपर्ने उनको भनाई थियो । संस्थाको हित र समुन्नती चाहेर दत्तचित्तका साथ काम गर्न समेत कर्मचारीहरूलाई मन्त्री मोदीले निर्देशन दिए ।

‘व्यक्तिको पद आवधिक कुरा हो, तर संस्था अविच्छिन्न रहन्छ र रहनुपर्छ, तसर्थ संस्थालाई सदैव जीवित राख्ने दीर्घकालीन सोचका साथ सबैले दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्छ’ मन्त्री मोदीले भने ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव कमल प्रसाद भट्टराईले छलफलमा प्राप्त सुझावका आधारमा मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्दै प्रतिष्ठानको समुन्नतिमा हातेमालो गर्ने बताए । 

कार्यक्रममा प्रतिष्ठानका निर्देशक जय कृष्ण श्रेष्ठले प्रतिष्ठानका वर्तमान अवस्था, समस्या र भावी योजनाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । 

प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले प्रतिष्ठानको हितका लागि मन्त्रालयबाट हालसम्म प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रतिष्ठानको प्रतिष्ठा उँचो राख्न आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रतिक्रिया दिनुहोस