काठमाडौँ । प्रतिनिधि सभाको सांसदले संसद्को ‘शून्य समय’ को नाम परिवर्तन गर्न माग गरेका छन्।
मङ्गलवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले ‘शून्य समय’ को नाम परिवर्तन गर्न माग गरे।
खतिवडाले भने, ‘शून्य समयलाई जिरो समयको रूपमा होइन। यसको नामाकरण गरियोस्। यसलाई मन्त्रीले सुन्ने समय राखियोस्। नभए यो जिरो नै हुने भयो। यसमा सबैको ध्यान जाओस्।’
उनले संसदीय सुनुवाइ समिति नहुँदा १ लाख ६८ बढी मुद्दाको सुनुवाइ थाती रहेको बताए ।