९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरणको दुई करोड बक्यौता

अ+ अ-

नवलपुर । नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम असुल गर्न बाँकी छ ।

कार्यालयका इन्जिनियर तिलकराम थनेतकाअनुसार तीन महिनाभन्दा बढी समयसम्म विद्युत् महसुल नतिरेका पाँच सय २६ ग्राहकबाट बक्यौता रकम उठाउन बाँकी छ । ‘तीन महिना नाघेका ग्राहकबाट १० हजारदेखि रु १६ लाखसम्म असुल गर्न बाँकी छ’ उनले भने, ‘पटक–पटक ताकेता गर्दा पनि रकम उठ्न सकेको छैन ।’

कार्यालयमा १२ वर्षभन्दा लामो समयदेखिको विद्युत् महसुलको बक्यौता रकम असुल गर्न बाँकी रहेको थनेतले जानकारी दिए । कावासोती वितरण केन्द्रमा ‘युडेको प्रालि’ले १६ लाख १८ हजार बुझाउन बाँकी छ । लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काटिएको थनेतले बताए ।

एक लाखभन्दा बढी विद्युत् महसुल भुक्तानी गर्न बाँकी ग्राहक ४० रहेका छन् । विद्युत् प्राधिकरणले उनीहरूबाट एक करोड ४४ लाख बक्यौता असुल गर्न बाँकी छ ।

लामो समयसम्म विद्युत् महसुल भुक्तानी नगर्ने ग्राहकको बत्ती काटिएको उल्लेख गर्दै थनेतले बक्यौता रकम तिरेपछि मात्र लाइन पुनः जडान गरिने जानकारी दिए । कार्यालयले महसुल नतिर्ने दुई सय छ ग्राहकको विद्युत् लाइन काटेको छ ।

प्रतिक्रिया दिनुहोस