९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरीको शिक्षा बढाउन र बालविवाह रोक्न मटिहानी नगरपालिकाले गर्‍यो विशेष पुरस्कारको व्यवस्था

अ+ अ-

महोत्तरी । छोरी शिक्षालाई बल पुर्‍याउन र बालविवाह रोक्न मटिहानी नगरपालिकाले विशेष कार्यक्रम सुरु गरेको छ ।

विद्यालय र क्याम्पसमा पढ्ने छोरीको सङ्ख्या बढाउन र छोरीको बालविवाह रोक्न विशेष कार्यक्रम सुरु गरिएको नगर कार्यपालिकाको कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।

विद्यालय भर्ना र कक्षा बढ्दै जाँदा छोरी घट्दै जाने तथा २० वर्ष नपुग्दै किशोरावस्थामै विवाह हुने पाइएपछि यो अवस्था सुधार्न विशेष कार्यक्रम ल्याइएको शाखा प्रमुख दीपा दासको भनाइ छ ।

‘छोरी शिक्षालाई बल दिने गरी यसअघि पनि कक्षा ८ देखि १२ सम्मका छात्रालाई साइकल, शैक्षिक सामग्री र पोसाक दिइँदै आइएको हो’, शाखा प्रमुख दास भनिन,‘अब परिवार, समाजका अङ्ग र धार्मिक व्यक्तित्वलाई पनि यस अभियानमा सरिक गराइँदै छ ।’

नयाँ कार्यक्रमअन्तर्गत छोरी पढाउन क्याम्पस पठाउने अभिभावकलाई सम्मान गर्ने, बस्ती बस्तीमा बाबुआमा र छोरीहरुबीच पढाइ तथा विवाहका कुरामा अन्तरक्रिया गराउने, बालविवाह निस्तेज गर्न धार्मिक परम्पराका पण्डित, पुरोहित, मोल्वी र अभिभावकबीच छलफल गराउने तथा २० वर्ष मुनिको विवाह धार्मिक दृष्टिले पनि उचित नरहेको सन्देश प्रसारित गर्ने रहेका छन् ।

यसैगरी, उमेर पुगेर (२० वर्ष नघाएर) छोरीको विवाह गर्ने अभिभावकलाई सामाजिक सम्मानका कार्यक्रम राखिएको शाखा प्रमुख दासले बताइन् । नगरका धेरैजसो बस्ती भारतसँग जोडिएका हुँदा भारततर्फका पण्डित, पुरोहित, मोल्वी र उताका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलाई पनि कार्यक्रममा सरिक गराइने जनाइएको छ । यता नेपाल/भारतका बस्तीमा बाक्लै बिहे वारी सम्बन्ध हुँदै आएका छन् ।

धानुक, केवट, यादव सहितका जनजाति, खत्वे, चमार लगायतका दलित र सघन मुस्लिम बसोबासको नगर क्षेत्रमा सामाजिक तथा शैक्षिक चेतनाको कमीले छोरी शिक्षा र उमेर पुगेर विवाह गर्ने पक्ष अत्यन्त कमजोर बनेको शाखाको ठम्याइ छ ।

‘हामीले पछिल्ला दुई वर्षको पारिवारिक सर्वे गर्दा २० वर्ष मुनिमै छोरी विवाहका आठ सय घटना पायौँ’, दासले भनिन्, ‘यो कहालीलाग्दो अवस्था चिर्न नगरका जनप्रतिनिधि बीचको सम्मतिबाट जनजनले देख्ने, बुझ्ने गरी सचेतनामूलक कार्यक्रम सुरु गर्न लागिएका हुन् ।’

छोराछोरीको वैवाहिक अवस्था हेरिँदा बालविवाह गरिएका छोरी निकै बढी पाइएका दासको भनाइ छ ।

उनका अनुसार बहुविवाहका घटना त्यति बढी नदेखिए पनि अनमेल विवाह (केटीको भन्दा निकै बढी उमेर भएका केटा) र छोरी बालविवाहका घटना भने निकै देखिएका छन् ।

शाखाले छोरी शिक्षालाई उत्प्रेरित गर्ने र बालविवाह निरुत्साहित गर्ने गरी सुरु गर्न लागेका कार्यक्रम नगर कार्यपालिकाको निर्णयानुसार भएको हुँदा यसमा आफूसहित सबै जनप्रतिनिधिको सक्रिय सहभागिता रहने नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

छोरी शिक्षालाई बल पुर्‍याउन र बालविवाह निरुत्साहित गर्न थप प्रभावकारी कार्यक्रम पनि बनाइने नगरप्रमुख मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस