काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिका इन्जिनियर अजय कुमार मेहताविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिई गएको टोलीले इन्जिनियर मेहतालाई बीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
मेहतालार्ई बीस हजार बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।