१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा मह उत्पादन घट्यो

अ+ अ-

गलेश्वर । हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरी पालन व्यवसाय प्रभावित बनेको छ ।

बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ ।

त्यसै गरी वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका कारण विभिन्न किसिमका रोगकीराको प्रकोप देखिन थालेका ज्यामरुककोटका मौरी पालक किसान बलबहादुर घिमिरेले बताए ।

गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यस वर्ष मह उत्पादन घटेको हो । जिल्लाका विभिन्न स्थानमा किसानले गरेको मौरी पालन व्यवसायबाट यस वर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लामा रहेका दुई हजार पाँच सय वटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जानकारी दिए ।

विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा आर्थिक वर्ष २०७९/८० मा १७ हजार ६ सय केजी मह उत्पादन भएको हो ।

पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरी पालन व्यवसायमा आबद्ध किसान भने चिन्तित बनेका छन् ।

मौरीले एक पटकको विचरणमा एकै जातका बालीका फूलमा मात्रै विचरण गरी परागसेचन गर्ने मौरी विशेषज्ञ बताउँछन् । जुन क्रियाले पृथ्वीको आधारभूत पारिस्थितिक प्रणाली कायम रहेको उनीहरूको भनाइ छ ।

‘द बी किपर्स लेमेन्ट’ पुस्तकमा मौरीलाई कृषि जैविक विविधता प्रणालीको गमका रूपमा प्रस्तुत गरिएको छ ।

विभिन्न जर्नलअनुसार संसारमा मौरीका दुई हजार एक सय प्रजाति छन् । विज्ञानले मात्रै नभएर वेदले पनि मौरीको महत्त्वपूर्ण योगदान उद्गार गरेको छ ।

ऋग्वेदमा मौरीलाई परागसेचन गर्ने, मह उत्पादन गर्ने र सम्पूर्ण जीवजन्तुलाई कल्याण गर्ने जीवका रूपमा प्रस्तुत गरिएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ९० प्रतिशत जङ्गली फूल फुल्ने प्रजाति, ७५ प्रतिशत खाद्य बाली र ३५ प्रतिशत कृषि बाली जीव परागसेचनमा निर्भर छन् ।

परागसेचनले खाद्य सुरक्षा र जैविक सुरक्षामा ठूलो योगदान पुर्‍याइरहेको छ । जीव पराग सेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन कीराबाटै हुने गर्छ ।

कीराबाट हुने परागसेचनमा सबैभन्दा बढी हिस्सा करिब ८० प्रतिशत मौरीले ओगट्ने ‘द बी किपर्स लेमेन्ट’ मा उल्लेख गरिएको छ । उपयुक्त शारीरिक बनावट, अति शक्तिशाली सञ्चार प्रणाली, उष्णदेखि लेकाली हावापानीमा सजिलै काम गर्न सक्ने क्षमताका कारण मौरी सबैभन्दा उच्च परासेचक हो ।

वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणको अत्यन्त महत्त्वपूर्ण मानिएको मौरी र मह पछिल्लो समय जलवायु परिवर्तन र मानवीय लापरबाहीका कारण सङ्कटमा पर्दै गएकोप्रति जानकारहरूले चिन्ता व्यक्त गरेका छन् ।

म्याग्दीको मौरी पालन व्यवसायमा थाईस्याकग्रुड र युरोपियन फउलग्रुड रोगको प्रकोप देखिएको थियो । रोग र कीराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुनुका साथै महका पोला रित्तै भएपछि महको उत्पादन घटेको किसानहरूले गुनासो गरेका छन् । एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोगकीराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले जानकारी दिए ।

उनका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनुका साथै सुलसुले र मैन पुतलीको समेत प्रकोप देखिएको थियो ।

म्याग्दी जिल्लामा पहाडी क्षेत्रमा हुने सेरेना प्रजातिको मौरीलाई व्यावसायिक रूपमा पाल्ने गरिएको छ । अहिले जिल्लाभर तीन सयभन्दा बढी किसान मौरी पालन व्यवसायमा संलग्न भए पनि व्यावसायिक रूपमा जम्मा २० जना किसान क्रियाशील रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

मौरी पालनमा किसान धेरै देखिए पनि व्यावसायिक बन्न सकिरहेका छैनन् । पछिल्लो केही वर्षयता मौरीमा विभिन्न किसिमको रोग तथा कीराको प्रकोप देखिएपछि मह उत्पादनमा कमी आएको छ ।

मौरी र मह उत्पादनका लागि मौसम प्रतिकूल हुनु, रोगकीराको प्रकोप फैलनु, पर्याप्त फूल समयमा नफुल्नु, चरन क्षेत्रको अभाव तथा जिल्लाभन्दा बाहिरबाट मौरी आयात गर्नुपर्ने बाध्यताको कारणले मह उत्पादन घट्दै गएको छ ।

किसानले मह उत्पादन गर्नेभन्दा पनि मौरीसहित घार बिक्री गर्ने हुँदा पनि मह उत्पादनमा कमी आएको हो । म्याग्दीको बेनी नगरपालिकाको सुर्के मेला, सिङ्गा, डम्बरा, डडुवा, मङ्गला गाउँपालिकाको पूर्ण गाउँ, कुहुँ, भर्जुला, रघुगङ्गाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहबाट किसानलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बीउ पुँजीलगायत सहयोग हुँदै आएको छ ।

राम्रोसँग मौरी पालन गर्न सकेमा एक सिजनमा एउटै घारबाट झण्डै आठ केजीसम्म मह उत्पादन हुनसक्ने किसानसँग अनुभव छ । अहिले प्रतिकेजी महलाई रु एक हजार छ सय पर्दछ ।

म्याग्दीमा उत्पादित मह नेपालको विभिन्न जिल्ला हुँदै विदेशको जापान, कतार, साउदी, बहराइन जस्ता मुलुकमा प्रवासी नेपालीले पुर्‍याउने गरेका छन् ।

किसानले मह, घार, मौरीसहित महको पोला र मौरीसँगै घार बिक्री गरेर वार्षिक रूपमा मनग्य आम्दानी गर्दछन् । म्याग्दीका किसानले काठ तथा आधुनिक घारमा मौरी पाल्दै आएका छन् भने महलाई औषधि र पूजाआजामा प्रसादको रुपमासमेत प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस