काठमाडौँ । नेकपा एमालेले अवरोध गरेपछि दिउँसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको संसद केही बेरमा बस्ने भएको छ ।
नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।
एमालेले दाहालको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।
संसद बैठक स्थगित गरी सहमतिका लागि बसेको सर्वदलीय बैठक लम्बिएका कारण प्रतिनिधि सभाको बैठक ३ बजेका लागि सरेको हो ।