१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र इजिप्टबीच द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताएका छन् ।

नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीचको छलफल कार्यक्रममा उनले पर्यटन क्षेत्र मुलुकको विकासको प्राथमिकता प्राप्त क्षेत्र भएकाले विकास र विस्तारका लागि सरकार तयार रहेको उल्लेख गरे ।

इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपाल र इजिप्ट सांस्कृतिक र प्राकृतिक वैभवले सुशोभित प्राचीन सभ्यतावाहक मुलुक भएका कारण दुई देशबीच पर्यटन क्षेत्रको साझेदारीका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

उनले पर्यटन विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहने भएकाले दुवै देशका ट्राभल र टुर अपरेटरबीच निरन्तर संवाद तथा सहकार्यका लागि मञ्च उपलब्ध होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

इजिप्ट पर्यटन प्राधिकरणका महाप्रबन्धक अहमद अलिले नेपाली ट्राभल एजेन्सीलाई जानकारीमूलक भ्रमण (फ्याम ट्रिप) मा स्वागत गर्न प्राधिकरण इच्छुक रहेको उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुनिल शर्मा र नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टसका महासचिव कुमारमणि थपलियाले नेपालको पर्यटकीय सम्पदा र नेपाल–इजिप्ट पर्यटन सम्भावनाका बेग्लाबेग्लै प्रस्तुति गरे ।

कार्यक्रममा नेपाल र इजिप्टका २० भन्दा बढी ट्राभल टुर कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

यसअघि इजिप्टमा आयोजना भएका नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रममा इजिप्सियन नागरिकको उल्लेखनीय सहभागिता रहँदै आएको छ । केही समयअघि एक विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा नेपालको परम्परागत कला, संस्कृति तथा प्राकृतिक विविधताबारे जिज्ञासा राख्दै प्रदर्शनमा रहेका विभिन्न वस्तु अभिरुचिपूर्वक अवलोकन गरेका थिए । विशेषगरी खुकुरी र सिङ्गिङ बाउलप्रति धेरै इजिप्सियन युवा आकर्षित हुने गरेको पाइएको छ ।

खुकुरीको इतिहास एवं प्रयोगबारे जानकारी लिने एवं सिङ्गिङ बाउलको अवलोकन तथा प्रयोगात्मक अभ्यास गरी नेपालको आध्यात्मिक सम्पदासँग साक्षात्कार गर्न धेरै सहभागी इच्छुक रहने गरेको त्यहाँस्थित दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस