विराटनगर । आजदेखि कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदैछ ।
दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दै छ । गत पुस १७ गते प्रदेशको नामाकरण पछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।
पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।